कान्तिपुर वेबसाईट
AdvertisementSponsored

खेलाडीको चोटले त्रस्त इंग्ल्यान्ड टोली

रोयटर्स

डर्टमन्ड — उपाधिको बलियो दाबेदार मानिएको इंग्ल्यान्डले युरो २०२४ को पहिलो परीक्षा सर्बियाविरुद्ध दिनेछ । यो खेल त्यो पृष्ठभूमिमा हुन लागेको छ, जतिबेला इंग्ल्यान्डको रक्षापंक्ति कमजोर मानिएको छ । कारण खेलाडीको चोट र बिरामी परेकाले हो ।

खेलाडीको चोटले त्रस्त इंग्ल्यान्ड टोली

प्रशिक्षक गारेथ साउथगेट ठूलै दबाबमा छन्, किनभने इंग्ल्यान्डमाथि फेरि एकपल्ट सन् १९६६ यता पहिलो ठूलो उपाधि जित्ने चुनौती रहनेछ, जतिबेला टोलीले विश्वकप हात पारेको थियो ।

साउथगेटलाई बिरामीबाट भर्खर मुक्त भएका सेन्टर हाफ जोन स्टोन्सलाई खेलाउन हो वा होइनन्, त्यसमै दुविधा हुनेछ । चोटकै कारण ह्यारी मगायर टिममै परेनन् । उनको स्थानमा आएका मार्क गुएहीसँग अनुभवको कमी छ । अझ लेफ्ट ब्याक ल्युक साले पनि पहिलो खेल गुमाउने लगभग तय छ । ‘मेरो चिन्ता निश्चित रूपमा डिफेन्समै छ । तर इंग्ल्यान्डको मध्यपंक्ति र अग्रपंक्ति दुवैमा समस्या छैन, यसमा ढुक्क भए हुन्छ ।’

आक्रमणमा कप्तान ह्यारी केनसँगै लयमा रहेका फिल फोडेन र बुकायो साका हुनेछन् । देशका लागि सर्वाधिक गोल स्कोररमा रहेका केनले ६३ गोल गरेका छन् । तर उनी अहिलेसम्म क्लब र देशका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधिको पर्खाइमा छन् ।

सर्बियाली टिम पनि आफैंमा बलियो मात्र छैन, अनुभवी पनि छ । विशेषतः एलेक्जान्डर मिट्रोभिचलाई इंग्लिस फुटबलबारे पर्याप्त जानकारी छ । स्ट्राइकर मिट्रोभिचले यस सिजन साउदी अरेबियामा अल हिलालका लागि लिग र कप जितेका थिए । क्रिस्टियानो रोनाल्डोको अल नासरलाई हराएर अल हिलालले उक्त सफलता पाएको थियो । अल हिलालका लागि २८ गोल गरेका छन् । उनी रोनाल्डो (३५) भन्दा मात्र पछाडि छन् ।

सर्बियाली टिमका अर्का प्रमुख खेलाडी रहेका डुसान भ्लाहोभिच भन्छन्, ‘युरोमा कोही पनि अजय टिम भन्नु नै हुन्न । फुटबलमा सबै खाले सम्भावना खुला छ । त्यसैले हामी सबै उत्साही छौं र इंग्ल्यान्डको कमजोरी बुझेर खेल्नेछौं ।’

प्रकाशित : असार २, २०८१ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x