स्वप्निल र आइसटिनालाई गल्फ उपाधि
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिताको २१ वर्ष उमेर समूहमा स्वप्निल भट्टराई र आइसटिना टण्डन विजयी भएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![स्वप्निल र आइसटिनालाई गल्फ उपाधि](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/golf-1162024045524-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
रोयल नेपाल गल्फ क्लबमा स्ट्रोक–प्ले स्क्र्याच फर्म्याटमा भएको उक्त उमेर समूहमा स्वप्निलले प्रकृत तामाङलाई एक स्ट्रोकले हराएर उपाधि जिते । उनले ७ ओभर ७५ स्कोर गरे । ८ ओभर ७६ सहित प्रकृत दोस्रो भए । १२ ओभर ८० सहित सुशान्त कँडेल तेस्रो भएका थिए ।
महिला यू–२१ तर्फ ८७ स्कोरसहित आइसटिनाले पहिलो स्थान हात पारिन् । अन्वैद्या मल्लले रजत र अवानी राईले कांस्य जिते ।
पुरुष १३–१६ वर्ष उमेर समुहमा जयवीर आचार्य पहिलो भए । कुल १२ ओभर ८० खेलेका उनले इदान्त सिंह साउदलाई ६ स्ट्रोकले हराए । ८६ स्कोरसहित इदान्त दोस्रो र ८९ खेलेका सोहम अग्रवाल तेस्रो भए । १०–१२ वर्ष उमेर समूहमा आरोह न्यौपाने पहिलो र आर्यव शाह दोस्रो भए । ९ होलको प्रतिस्पर्धामा आरोहले ४७ र आर्यवले ५५ स्कोर गरे ।
नेपाल गल्फ संघ र रोयल नेपाल गल्फ क्लबद्वारा सम्युक्त रूपमा आयोजित एक दिने प्रतियोगितामा कुल २४ खेलाडीको सहभागीता थियो । विजयी खेलाडीलाई नेपाल गल्फ संघका अध्यक्ष टासी घले, कोषाध्यक्ष किसन अग्रवाल, रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राई र लेडी क्याप्टेन आर्सिया बानुले पुरस्कृत गरे ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)