कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

स्वप्निल र आइसटिनालाई गल्फ उपाधि

काठमाडौँ — ओलम्पिक डे जुनियर गल्फ प्रतियोगिताको २१ वर्ष उमेर समूहमा स्वप्निल भट्टराई र आइसटिना टण्डन विजयी भएका छन् ।

स्वप्निल र आइसटिनालाई गल्फ उपाधि

रोयल नेपाल गल्फ क्लबमा स्ट्रोक–प्ले स्क्र्याच फर्म्याटमा भएको उक्त उमेर समूहमा स्वप्निलले प्रकृत तामाङलाई एक स्ट्रोकले हराएर उपाधि जिते । उनले ७ ओभर ७५ स्कोर गरे । ८ ओभर ७६ सहित प्रकृत दोस्रो भए । १२ ओभर ८० सहित सुशान्त कँडेल तेस्रो भएका थिए ।

महिला यू–२१ तर्फ ८७ स्कोरसहित आइसटिनाले पहिलो स्थान हात पारिन् । अन्वैद्या मल्लले रजत र अवानी राईले कांस्य जिते ।

पुरुष १३–१६ वर्ष उमेर समुहमा जयवीर आचार्य पहिलो भए । कुल १२ ओभर ८० खेलेका उनले इदान्त सिंह साउदलाई ६ स्ट्रोकले हराए । ८६ स्कोरसहित इदान्त दोस्रो र ८९ खेलेका सोहम अग्रवाल तेस्रो भए । १०–१२ वर्ष उमेर समूहमा आरोह न्यौपाने पहिलो र आर्यव शाह दोस्रो भए । ९ होलको प्रतिस्पर्धामा आरोहले ४७ र आर्यवले ५५ स्कोर गरे ।

नेपाल गल्फ संघ र रोयल नेपाल गल्फ क्लबद्वारा सम्युक्त रूपमा आयोजित एक दिने प्रतियोगितामा कुल २४ खेलाडीको सहभागीता थियो । विजयी खेलाडीलाई नेपाल गल्फ संघका अध्यक्ष टासी घले, कोषाध्यक्ष किसन अग्रवाल, रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राई र लेडी क्याप्टेन आर्सिया बानुले पुरस्कृत गरे ।

प्रकाशित : जेष्ठ २९, २०८१ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×