कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पिंक केयरएथन रेस : आस्था, कल्पना र तिर्सना विजयी

काठमाडौँ — महिलाको स्वास्थ्य एवं तन्दुरुस्तीमा सचेतना जगाउने उद्देश्यले शनिबार राजधानीमा आयोजित काठमाडौं पिंक केयरएथनको १० किमि रेसमा आस्था राउत विजयी भएकी छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा भएको रेसमा मनिता घतामी दोस्रो र संगीता तामाङ तेस्रो भए ।

पिंक केयरएथन रेस : आस्था, कल्पना र तिर्सना विजयी

५ किमितर्फ कल्पना घिमिरे विजयी हुँदा सुशीला राना दोस्रो र ममिता धामी तेस्रो भए । ३ किमि दौडतर्फ तिर्सना कुमारी विजयी भइन् । सीमा बिँडारी दोस्रो र पार्वती चौधरी तेस्रो भए ।

पिंक केयरएथनमा २ वर्षदेखि ७० वर्षसम्म झन्डै दुई हजार महिला सहभागी थिए । लेजरपोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा पिंक केयरएथन आयोजना गरेको हो ।

सधैं घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि समय निकाल्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक लेजरपोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले महिलाको स्वास्थ्यसेवा र उपचारमा सहयोग गर्न महानगरले भर्खरै निःशुल्क क्यान्सर परीक्षण सुरुआत गरेको जानकारी गराइन् । विजेता खेलाडीलाई प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवर, भारतका टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीलगायतले पुरस्कार प्रदान गरे ।

यसअघि काठमाडौं पिंकाथनको नाममा हुने यो कार्यक्रम यसपालि काठमाडौं पिंक केयरएथनमा गरिएको हो । सन् २०१९ सम्म तीन वर्ष लगातार आयोजित यो इभेन्ट कोरोना महामारीपछि पहिलो पटक भएको हो ।

प्रकाशित : वैशाख ९, २०८१ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×