जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र सेमिफाइनलमा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
बारा — सिमरा रंगशालामा जारी जगदम्बा स्टिल १४औं जीतपुरसिमरा गोल्डकपअन्तर्गत मंगलबार भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । फ्लड लाइटमा भएको खेलमा आर्मीविरुद्ध मच्छिन्द्रले १–० को कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र सेमिफाइनलमा](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/sports/simara-goldcup-1042024023654-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
मच्छिन्द्रको जितमा खेलको ६९ औं मिनेटमा सौरभ लिम्बुले एक मात्र निर्णायक गोल गर्न सफल भए । खेलको ६३ औं मिनेटमा अभिषेक गुरुङको सेन्टर लाइनबाट बल अघि बढाएका विमल घर्तीमगरको पासमा सौरभ लिम्बुले डिबक्स बाहिरैबाट बललाई गोलपोष्टको दिशा दिलाउन सफल भएका थिए । मच्छिन्द्रको प्रयासलाई रोक्न डि–एरिया बाहिरै आइपुगेका आर्मीका गोलरक्षक कुथुलाई बिट गर्दै सौरभले सुन्दर गोल गरेका थिए ।
खेलको ८८ औं मिनटमा मच्छिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । आर्मीका डिफेन्डर विमल पाण्डेले मच्छिन्द्रका विमल घर्तीमगरलाई डिबक्स भित्र लडाएपछि एन्फा रेफ्री उमेश बिडारीले मच्छिन्द्रलाई पेनाल्टीको मौका दिएका थिए । मच्छिन्द्रका देवेन्द्र तामाङको पेनाल्टी प्रहार क्रसबार माथि गएको थियो । खेलको अन्तिम समयमा पाएको सो अवसर गुमाउँदा मच्छिन्द्रले अग्रता जोगाउन अन्तिम संघर्ष गरेको थियो ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले आकर्षक अवसरहरु सिर्जना गरे पनि पहिलो गोलका लागि ६९ मिनटसम्म प्रतिक्षा गर्नु पर्यो ।
खेलको म्यान अफ दि म्याच मच्छिन्द्र फुटबल क्लबका मनिष डाँगी भए । उनले १० हजार नगदसहित ट्रफी प्राए । प्रतियोगिताअन्तर्गत बुधबार आयोजक नवजनजागृति युवा क्लब सिमरा र नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)