कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित

काठमाडौँ — पञ्जाब किंग्सले बिहीबार आईपीएल २०२४ मा गुजरात टाइटन्समाथि रोमाञ्चक तीन विकेटको जित निकालेको छ । जितका लागि दुई सय रन पछ्याएको पञ्जाब जितसम्म पुग्दा एक बलको खेल बाँकी थियो ।

गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित

पहिले ब्याटिङ गरेको गुजरातले कप्तान सुभमन गिलको ८९ रनमा चार विकेटमा १ सय ९९ रन बनाएको थियो । गिलले ४९ बलमा छ चौका र चार छक्का प्रहार गरे । जवाफमा पञ्जाबले सात विकेट गुमाएर १९.५ ओभरमा दुई रन बनायो ।

त्यसमा शशांक सिंहले २९ बलमा ६१ रन बनाए र नटआउट पनि रहे । उनी नै ‘प्लेयर अफ द म्याच’ पनि भए । यो जितपछि पञ्जावको चार अंक भएको छ । गुजरात पनि चार अंकमै छ ।

प्रकाशित : चैत्र २३, २०८० ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×