कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आलितालले कैलाली प्रिमियर लिग

धनगढी — डडेलधुराको आलिताल गाउँपालिकाले धनगढीमा सम्पन्न दोस्रो कैलाली प्रिमियर लिग अन्तरपालिका टी–२० क्रिकेटको उपाधि जितेको छ ।

आलितालले कैलाली प्रिमियर लिग

शनिबार फाइनलमा डडेल्धुराकै परशुराम नगरपालिकामाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै आलिताल २ लाख पुरस्कार प्राप्त गर्‍यो । उपविजेता परशुरामले १ लाख पायो ।

१ सय ११ रनको लक्ष्य आलितालले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । दिलबहादुर बोहराले ३० र राजु रिजालले २२ रन जोडे । परशुरामका महेन्द्र धामीले ३ र कृष्ण विष्टले २ विकेट लिए ।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको परशुराम १०७ रनमा समेटियो । यश कठायतले ३२ र मान साउदले २१ रन जोडे । आलितालका हिक्मत महरा र नीरज ऐरले ३–३ विकेट लिए । हिक्मत म्यान अफ द फाइनल भए ।

आलितालका दिलबहादुर बोहरा म्यान अफ द सिरिज, परशुरामका राज विक बेस्ट ब्याटर, कृष्ण विष्ट बेस्ट बलर र परशुरामकै अर्जुन बिक उदीयमान खेलाडी घोषित भए ।

विजेतालाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, परशुराम नगरपालिकाका प्रमुख भरत बडाएर जोशी, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीलगायतले पुरस्कृत गरे । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ११ पालिकाको सहभागिता थियो ।

प्रकाशित : चैत्र १७, २०८० २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×