कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पहाडमा फुटबलका दर्शक [तस्बिरहरु]

लक्ष्मी गौतम

पाँचथर — शनिबार अपरान्ह ३ बजे पाँचथर गोल्डकपको फाइनल खेल सुरु हुनु अगावै मैदानको दक्षिण पश्चिममा निर्मित बाँसका प्याराफिट भरिसकेका थिए । खेल समापनमा प्रमुख अतिथिको रुपमा आएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सहितका अतिथिले सम्बोधन गरेर खेल सुरु गर्दा करिब ४ बज्यो । त्यो बेलासम्म मैदानको पूर्व उत्तरमा रहेका सिमेन्टका प्याराफिट सहित खाली जमिन खचाखच भरिए। खेल मध्यान्तर हुँदासम्म दर्शक आउने क्रम रोकिएन । अन्ततः गोल पोष्टको पछाडि र प्याराफिटका चेपचाप सबै दर्शकले भरिए ।

पहाडमा फुटबलका दर्शक [तस्बिरहरु]
पहाडमा फुटबलका दर्शक [तस्बिरहरु]

आयोजक पाँचथर क्लवका सचिव योगराज सेढाइका अनुसार शनिबारको फाइनल खेल हेर्न २ हजार १ सय जना दर्श टिकट काटेर मैदान छिरेका थिए भने आयोजकले उपलब्ध गराएका पास र अतिथिको कोटाबाट छिर्नेहरुको संख्या झण्डै तीन हजार भन्दा धेरै थियो । शनिबार मात्रै पाँच हजार दर्शकले पाँचथर गोल्डकप हेरे । फाइनल बाहेक अघिल्ला छ वटा खेलमा दैनिक २ हजारका दरले दर्शक मैदान प्रवेश गरेको तथ्यांक आयोजकसँग छ । फुटबल हेर्न काखे नानी च्यापेका आमासँगै, गर्भवती, लौरो टेकेर आएका ज्येष्ठ नागरिक हुँदै युवा र प्रौढको संख्या उत्तिकै उत्साहजनक थियो । पाँचथर गोल्डकप मात्रै होइन, जिल्लाका ग्रामिण भेगसम्म आयोजना हुने साना ठुला सवैखाले प्रतियोगितामा फुटबल हेर्न दर्शकको संख्या पाँचथरमा उत्साहजनक हुन्छ ।

पहाडमा फुटबलका दर्शक [तस्बिरहरु]

पहाडमा फुटबलका दर्शक [तस्बिरहरु]

पहाडमा फुटबलका दर्शक [तस्बिरहरु]

पहाडमा फुटबलका दर्शक [तस्बिरहरु]

पहाडमा फुटबलका दर्शक [तस्बिरहरु]

पहाडमा फुटबलका दर्शक [तस्बिरहरु]

प्रकाशित : फाल्गुन १९, २०८० २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×