कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

नेदरल्यान्ड्सले दियो नेपाललाई जितका लागि १२१ रनको लक्ष्य

काठमाडौँ — ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखला अन्तर्गतको खेलमा नेपाललाई नेदरल्यान्ड्सले जितका लागि १२१ रनको लक्ष्य दिएको छ ।

नेदरल्यान्ड्सले दियो नेपाललाई जितका लागि १२१ रनको लक्ष्य

शनिबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले १९. ३ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनायो ।

नेदरल्यान्ड्सका म्याक्स ओडाउडले २४ बलको सामना गर्दै सर्वाधिक ३१ रन बनाए । यस्तै टिम भान डर गुगटेनले २४, रोयलोफ भान डर मर्वेले २३ र स्कट एडवार्ड्सले १८ रन बनाए । नेदरल्यान्ड्सका अन्य ब्याटरले दोहोरो अंक रन बनाउन सकेनन् ।

नेपालको तर्फबाट प्रतिश जिसीले ३, करण केसी र कुशल मल्लले २-२ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

पहिलो ओभरमै करण केसीले नेदरल्यान्ड्सको दुई विकेट लिएपछि नेदरल्यान्ड्स दबाबमा परेको थियो ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यसैगरी, तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो ।

प्रकाशित : फाल्गुन १९, २०८० १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×