कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

वाग्मती प्रदेशस्तरीय जुनियर तेक्वान्दोको तयारी

काठमाडौँ — जैसीदेवल युथ क्लबको आयोजनामा चौथो वाग्मती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ ।

वाग्मती प्रदेशस्तरीय जुनियर तेक्वान्दोको तयारी

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा माघ २५ देखि २७ सम्म हुनेछ । प्रतियोगितामा वाग्मती प्रदेशका १८ नगरपालिका र आयोजकका २ टिम गरी कुल २० टिमले सहभागिता जनाउने छन् ।

प्रत्येक टिममा २०–२० खेलाडी रहने गरी प्रतियोगितामा कुल ४ सय खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा आयोजक जैसी देवलका ३० खेलाडीले भाग लिने छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी काजल श्रेष्ठ तथा सञ्जीव ओझाले आयोजक टिमका खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगिताको कूल पुरस्कार राशि २ लाख रहेको छ । यस प्रतियागितालाई काठमाडौं महानगरपालिकाले प्रमुख प्रयोजन गरेको छ । प्रतियोगितामा आठ/आठ तौल समूहमा ब्वाइज र गर्ल्सतर्फ प्रतिस्पर्धा हुनेछन् ।

प्रत्येक स्वर्णलाई २ हजार, रजतलाई १ हजार र कांस्य विजेतालाई ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । बेस्ट फाइटर पुरुष र महिलाले जनही १५० अमेरिकी डलर पुरस्कार पाउनेछन् । सर्वश्रेष्ठ पुम्से पुरुष खेलाडी, सर्वश्रेष्ठ पुम्से महिला खेलाडी, सर्वश्रेष्ठ निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही १ सय डलर प्रदान गरिनेछ ।

जैसीदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतीले यस प्रतियोगितामा आयोजक टिमबाट स्वर्ण जित्ने खेलाडीलाई विदेशमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सामेल गराइने जनाए ।

प्रकाशित : माघ २४, २०८० २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×