२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता बुधबारदेखि

दीपक परियार

पोखरा — बलियो नेपाल न्युट्रिसन इनिसियटिभको आयोजनामा बुधबारदेखि पोखरामा बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता हुँदैछ । पोखरा रंगशाला क्रिकेट मैदानमा हुने प्रतियोगितामा देशभरका ६ क्रिकेट एकेडेमीले खेल्ने छन् । प्रतियोगिता चैत २७ सम्म हुनेछ ।

बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता बुधबारदेखि

बलियो नेपालका वित्त तथा प्रशासन व्यवस्थापक प्रकाश बख्रेलका अनुसार इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी तथा पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर प्रतियोगितामा सहभागी हुँदै छन् । ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा टी–२० फर्म्याटमा खेलहरु सञ्चालन हुने छन् ।

खेल क्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उद्देश्य अनुसार बलियो नेपाल न्युट्रिसन इनिसियटिभले ग्रासरुट क्रिकेटको प्रवर्द्धनका लागि ०७८ देखि नै बलियो नेपाल कप आयोजना गर्दै आइरहेको बख्रेलले बताए ।

‘संस्थाले अघिल्ला वर्षहरुमा लुम्बिनी प्रदेशको १२ जिल्लाको सहभागितामा बलियो नेपाल कपको पहिलो संस्करणको सफलताका साथ आयोजना गरेको थियो,’ मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने । यसअघिको बलियो नेपाल कपको दोस्रो संस्करण काठमाडौंस्थित मुलपानी क्रिकेट स्टेडियमको खेल मैदानमा असार १ देखि ५ सम्म, कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बलियो–११ को सहभागितामा बलियो नेपाल कपको दोस्रो संस्करणसमेत सम्पन्न गरिसकेको जानकारी उनले दिए ।

‘ग्रासरुट क्रिकेटको विकास र विस्तारलाई मुख्य उद्देश्य बनाएर संस्थाले बलियो नेपाल कपको आयोजना गर्दै आइरहेको छ,’ उनले भने, ‘यसै सन्दर्भमा बलियो नेपाल कपको तेस्रो संस्करण पोखरामा आयोजना गरिएको हो ।’ पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले यू–१९ का प्रतियोगिताहरु नभइरहेको अवस्थमा यो प्रतियोगिताले नयाँ खेलाडीको प्रतिभालाई उजागर गर्ने बताए । उनले थोरै खर्च गर्दा पोखराको क्रिकेट रंगशाला संसारकै उत्कृष्ट बन्न सक्ने भएकोले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेतर्फ सोच्नुपर्ने उल्लेख गरे ।

प्रकाशित : चैत्र २१, २०७९ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?