कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

डेढ किलोग्राम चरेससहित २ जना पक्राउ

भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजार क्षेत्रबाट डेढ किलोग्राम चरेस सहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरको टोलीले बझाङको केदारस्यु गाउँपालिका-६ का गोविन्द बहादुर धामी र रुकुम सानोभेरी गाउँपालिका-३ का गोपाल पुनलाई मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुबाट १ किलो ५ सय ४४ ग्राम चरेस बरामद गरेको हो । उनीहरुलाई मंगलबारै जिल्ला अदालतबाट ५ दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी निरीक्षक पुस्करराज पन्तले बताए ।



प्रकाशित : चैत्र २०, २०८० १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×