कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राष्ट्रिय सभा सदस्य निर्वाचन : सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना विजयी

अर्जुन शाह

धनगढी — राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिममा प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । 

राष्ट्रिय सभा सदस्य निर्वाचन : सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनै जना विजयी

महिला क्लस्टरमा माओवादी केन्द्रकी रेनु चन्दले ४ हजार ४५३ मत प्राप्त गरेर विजयी भइन् । अपांगतर्फ कांग्रेसका नारायणदत्त भट्टले ४ हजार ४१९ मत पाएर विजयी भएका छन् । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहराले ४ हजार ३४७ मत पाएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

बिहीबार भएको मतदानमा स्थानीय तहका १ सय ७६ मध्ये १ सय ७३ जना र प्रदेश सभाका ५२ जनाले मतदान गरेका थिए । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनी नगरपालिकाकी उपमेयर राजु तिरुवाले मतदान गरेनन् । एक जना बाजुराको स्वामी कार्तिककी उपाध्यक्ष मैना जोशीको हालै निधन भएको छ ।

मेयर हमाल स्वतन्त्र उम्मेदवारी दिएर जितेका मेयर हुन् । नाउपाकी तिरुवा विरामी परेर मनदानमा अनुपस्थित भइन् । प्रदेश सभाका ५३ मध्ये एक जनाको मृत्यु भइसकेकाले ५२ जनाले मतदान गरेका हुन् ।

सुदूरपश्चिममा तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।


प्रकाशित : माघ ११, २०८० १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×