कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बझाङमा करेन्ट लागेर एकको मृत्यु

वसन्तप्रताप सिंह

बझाङ — खेतमा पानी लगाउन गएको बेला करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  केदारस्युँ गाउँपालिका –१ बिलीका २५ वर्षीय रामकुमार भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो ।

शनिबार बिहान चौडामबगर नजिक पर्ने धामीराटी कुलोबाट गहुँ खेतमा पानी लगाउन गएका उनको करेन्ट लागेर मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए ।

वडाध्यक्ष भण्डारीकाअनुसार उनी शनिबार बिहान १० बजेतिर गहुँ खेतमा पानी लगाउन घरबाट निस्किएका थिए । पानी लगाउन गएका भण्डारी अबेर साँझसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गर्दा चौडाम बगरको कान्द्वाल भीरमा रात आठ बजेतिर मृत फेला परेका थिए ।

भण्डारीको मृत्यु भएपछि घटनास्थलमा पुगेको प्रहरीले पनि करेन्ट लागेर नै उनको मृत्यू भएको प्रारम्भिक अनुमान रहेको बताएको छ । घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपेश चौधरीले विद्युत्को हाइटेन्सन तार टाउकोले छुन सक्ने ठाउँमा रहेको र निहुरिएर उठ्ने क्रममा तारमा छोइएर करेन्ट लागेको हुन सक्ने बताए ।

प्रकाशित : मंसिर २४, २०८० १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×