कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

महाकाली नहरमा एक जना मृत भेटिए

भवानी भट्ट

कञ्चनपुर — भीमदत्त नगरपालिका–४ गोबरियानजिकै महाकाली सिंचाइ आयोजनाको मूल नहरमा एक जना मृत भेटिएका छन् । प्रहरीका अनुसार स्थानीय ३७ वर्षीय चन्द्रबहादुर विष्ट मृत भेटिएका हुन् ।  

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार आइतबारदेखि सम्पर्कविहीन रहेका विष्ट मंगलबार बिहान नहरमा मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रकाशित : फाल्गुन १५, २०८० १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×