कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

हत्या भएको भन्दै जाहेरी

वसन्तप्रताप सिंह

बझाङ — बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का ४० वर्षीय रामप्रसाद जोशीको हत्या भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।

जोशीको आइतबार बिहान ११ बजेतिर छिमेकी जयबहादुर हमालसँग घरायसी विषयमा विवाद भएको थियो । विवादका क्रममा धक्कामुक्कासमेत भएको बुझिएको प्रहरी निरीक्षक व्यापक शाहले बताए ।

‘राति एक बजेतिर गाह्रो भयो भनेर भनेका रहेछन् । अस्पताल ल्याउँदा उनको मृत्यु भएको हो,’ शाहले भने । परिवारले भने हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको भनेर किटानी जाहेरी दिएकोले हमाल र उनका छोरालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : फाल्गुन १४, २०८० १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×