कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रूखमा झुन्डिएको अवस्थामा युवती मृत फेला

मनोज बडू

दार्चुला — बैतडी जिल्लाको सुर्नया गाउँपालिका-५ विष्टपाली घर भएकी २१ वर्षीया बिनिता विष्ट मृत फेला परेकी छिन् । शनिबार बिहान घर नजिकैको रूखमा युवती झुन्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार बिनिता आफ्नै घर नजिकैको बैँसको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । मृतक विष्टका श्रीमान महेश विष्ट रोजगारीको सिलसिलामा मलेसियामा रहेको बुझिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २३, २०८० १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×