कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कैलालीमा सीमा स्तम्भ मर्मत र रंगरोगन सुरू

अर्जुन शाह

धनगढी — कैलालीस्थित सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वाटरले सोमबारदेखि नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भ मर्मत तथा रङरोगन कार्य सुरु गरेको छ । 

कैलालीमा सीमा स्तम्भ मर्मत र रंगरोगन सुरू

धनगढी नजिकको बंग्राकटानस्थित सीमा स्तम्भ नम्बर ७४९/१ बाट एक कार्यक्रमकाबीच धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सशस्त्र प्रहरीका वैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति कुमार न्यौपाने, भारतस्थित सीमा सुरक्षा बल एसएसबीका सहायक कमाण्डेन्ट कनैया नेथानीले संयूक्त रुपमा स्तम्भ मर्मत कार्य सुरु गरेका हुन् ।

कैलालीमा १०३ सीमा स्तम्भ मर्मत तथा रंगरोगन गर्न लागिएको ३४ नम्बर गणका गणपति रामहरी अधिकारीले बताए । ‘हामी १०३ वटा सीमा स्तम्भको मर्मत सुधार गर्दैछौं,’ ३४ नम्बर गणका गणपति अधिकारीले भने । जोर संख्या नम्बरका स्तम्भहरुको भने यस अघिदेखि नै भारतीय पक्षले मर्मत सुधार गर्दै आएको छ । कैलालीमा २८५ कूल वटा सीमा स्तम्भहरु रहेका छन् । यस्तै कञ्चनपुर जिल्लामा रहेका मध्ये ६६ वटा सीमा स्तम्भहरुको नम्बर ३५ गण हेडक्वाटरले गर्न लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १८, २०८० १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×