कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

दार्चुलामा भीरबाट लडेर महिलाको मृत्यु

मनोज बडू

दार्चुला — लेकम गाउँपालिका–४ रातामाटास्थित दवलपाती भीरबाट लडेर महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय ५५ वर्षीया तुलसी पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार रातामाटास्थित देवपाती भीरमा घाँस काट्ने क्रममा लडेर पाठकको घटनास्थलमै ज्यान गएको हो । ती महिला करिब ६० मिटर तल खसेकी थिइन् ।

प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए ।


प्रकाशित : मंसिर १७, २०८० १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×