कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अझै पाएनन् जैसीले क्षतिपूर्ति

काठमाडौँ — प्रहरीको गोली लागेर घाइते भएका कैलालीका विरेन्द्र जैसीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले एकहप्ताभित्रै क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए पनि चार महिना बितिसक्दा समेत नपाएको गुनासो गरेका छन् । जैसीले यस अघि पनि क्षतीपुर्तिको आश्वासन पाएका थिए । गृह मन्त्रालयले एक लाख ९१ हजार क्षतिपूर्ति दिलाएको थियो ।

उपचार खर्च नै नपुग्ने गरी क्षतिपूर्ति दिएर सरकारले बेवास्ता गरेको भन्दै थप क्षतिपुर्तिको माग राख्दै गत असार १ देखि काठमाडौंको माइतीघर मण्डलामा अनसन थालेका थिए । असार २५ मा अनसन तोडाउँदै गृहमन्त्री श्रेष्ठले अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने वचन दिएका थिए ।

‘मन्त्री ज्यूले एक हप्ताभित्र काम गर्छु, म काम गर्नको आएको हुँ अरु बोल्छन्, म काम गर्छु भन्नुभएको थियो, अनसन तोडिसकेर बुझ्न जादा कहिले प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवले रोक्नुभएको छ, कहिले क्याविनेट बैठक बसेको छैन भन्ने, चार महिनादेखी त्यही भन्नुभयो,’ जैसीले भने ।

उनले यस बिषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का मुख्य सचिव बैकुण्ठ अर्यालसंग भेट र टेलिफोन गरे । मुख्य सचिव अर्यालले पनि मन्त्रीकै शैलीमा ‘कहिले क्याविनेट बैठक बसेको छैन, दुइचार दिनमा कल गर्छु, कहिले आज गर्छु’ भनेर आलटाल गर्दै आएको जैसीले गुनासो पोखे । मुख्य सचिव अर्यालले जैसीलाई क्षतीपुर्ति उपलब्ध गराउनका लागि औपचारिकता दिन बाँकी रहेको बताए ।

२६ बर्षिय जैसीको घर कैलाली जानकी गाउँपालिका–८ मा पर्छ । सात बर्ष अघि काठ तस्करसंगको झपडमा प्रहरीलाई बचाउने क्रममा प्रहरीबाटै गोली प्रहारले शख्त घाइते भएका थिए । त्यतिखेर सरकारले जैसीको उपचार खर्च व्यहोर्ने आश्वासन दिएको थियो । तर, उचित क्षतिपुर्ति नपाएर र उपचार खर्च व्यहोर्न नसकेर स्वास्थ्य स्थिती पनि कमजोर बन्दै गएपछि गत असारमा अनसन बसेका थिए । अनसनकै क्रममा स्वास्थ्य अवस्था थप जटिल भएपछि वीर अस्पताल र प्रहरी अस्पताल समेत लगिएको थियो ।

प्रकाशित : मंसिर ११, २०८० १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×