कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

हत्याको तीन दिनपछि आरोपी पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — दाजु नाता पर्नेको हत्या गरी फरार भएका आरोपी घटनाको तीन दिनपछि पक्राउ परेका छन् । शुक्रबार साँझ छबीसपाथिभेरा ७ का ६० वर्षीय जैलु मण्डेललाई चक्कु प्रहार गरी फरार रहेका सोही ठाउाका बिजुली मण्डेल पक्राउ परेका हुन् । जैलुको घटनास्थलमा नै मृत्यु भएको थियो । 

जंगलमा लुकिरहेका उनलाई प्रहरीले घेरा हालेर पक्राउ गरेको हो । जंगलमा स्थानीय र प्रहरीको घेराबाट फुत्केर नजिकैको गाउँमा रहेको स्थानीय लक्षिमन मण्डेलको घरमा पुगेका बेला बिहान साढे छ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी भरत शाहले बताए ।

शुक्रबार साँझ ७:३० बजे हत्या गरि फरार भएका उनलाई खोज्न आरोपित खोज्न प्रहरी र स्थानीय सोही दिनदेखि नै सक्रिय रहेको भए पनि भेटाउन सकेका थिएनन् । सोमबार बिहान बिजुलीले आफ्नै छोरालाई फोन गरेपछि लुकेको ठाउँमा घेरा हालिएको थियो । उनलाई अहिले सदरमुकाम ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित : आश्विन ८, २०८० १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×