कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

२८ वर्षीया अपांग महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — २८ वर्षीया अपांगता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ परेका छन् ।  छबीसपाथिभेरा गाउँपालिकाकी पीडित महिला ओछ्यानबाट उठ्न र हिँडडुल गर्न नसक्ने अवस्थाकी हुन् । 

किशोरले ती महिलालाई आइतबार दिउँसो ३ बजेतिर जबरजस्ती करणी गरी फरार भएका थिए । बलात्कार गरी फरार भएका किशोरलाई घटनास्थलबाट केही टाढा सार्वजनिक भवनको शौचालयमा लुकिरहेको अवस्थामा आइतबार राति नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी भरत शाहले जानकारी दिएका छन् ।

अभियुक्त किशोरलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको र पीडित महिलालाई सदरमुकामस्थित अल्पकालीन महिला सुरक्षा आवास गृहमा राखिएको डीएसपी शाहले बताए ।


प्रकाशित : आश्विन ८, २०८० १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×