कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

धनगढीका १ सय ९० वृद्धवृद्धा मुक्तिनाथ यात्रामा 

उपमहानगरपालिकाले वार्षिक कार्यक्रम नै राखेर सितैं धार्मिक यात्रामा पठाउँदा जेष्ठ नागरिक हर्षित 
मोहन बुडाऐर

धनगढी — धनगढी उपमहानगरपालिकाले १ सय ९० जना जेष्ठ नागरिकलाई मुक्तिनाथ धामको यात्रामा पठाएको छ । यात्राका सहभागीलाई उपमहानगरपालिका कार्यालय प्रांगणबाट आइतबार दिउँसो पञ्चेबाजा बजाएर बिदाइ गरिएको छ । उपमहानगर प्रमुख गोपाल हमालले वृद्धवृद्धालाई लौरो दिँदै रामनामी ओढाएर बिदाइ गरे ।

धनगढीका १ सय ९० वृद्धवृद्धा मुक्तिनाथ यात्रामा 

उपमहानगरका १९ वटै वडाबाट ९/९ जना वृद्धवृद्धा, चालु वर्ष अवकाश हुन लागेका नगरपालिका कर्मचारी, समाजमा योगदान पुर्‍याएका जेष्ठ नागरिकलाई मुक्तिनाथ धार्मिक यात्रामा सहभागी गराइएको छ ।

यात्रा अवधि करिब एक साताको हुने छ । यात्राको सहजीकरणका लागि लक्ष्मीनारायण मन्दिर समिति प्रतिनिधि र नगरपालिकाका स्वास्थ्यकर्मीको ५ जनाको टोली पनि सँगै छ । उनीहरुले यात्राका सहभागीको हेरविचार गर्नेछन् । यात्रामा वृद्धवृद्धाको समान संख्यामा सहभागिता छ ।

यात्रामा सहभागी धनगढी-४ का ७४ वर्षीय कुलवीर डगौरा थारुले जीवनमा पहिलोपल्ट धार्मिक यात्रा गर्न पाएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘आफ्नो खर्च गरेर मुक्तिनाथ दर्शन गाह्रै थियो‚ हाम्रो स्थानीय सरकारले तीर्थ गराइदिन लागेकोमा खुसी छु ।’ त्यस्तै धार्मिक यात्राका अर्का सहभागी वडा ११ का नेपाली राना थारुले यसलाई धेरै खुसीको अवसरका रुपमा लिएको बताए । ‘खेतीकिसानी गर्ने हामीले आफैं खर्च गरेर तीर्थयात्रा गर्न सक्ने हैसियत नै थिएन‚’ उनले भने‚ 'खर्च कहाँबाट ल्याउने भनेर मैले रहर लागे पनि छोराबुहारीलाई मलाइ तीर्थ गराओ भन्न सकेको थिइनँ ।'

उपमहानगर प्रमुख हमालले जेष्ठ नागरिकको खुसी र सम्मानका लागि धार्मिक यात्रा गराउने कार्यक्रमलाई निरन्तरता दिइएको बताए । ‘हामी निर्वाचित भएर आएको पहिलो वर्षको नीति तथा कार्यक्रममैं जेष्ठ नागरिक धार्मिक यात्रालाई राखेका थियौं‚’ उनले भने, ‘हरेक वर्ष उपमहानगरले जेष्ठ नागरिकलाई धार्मिक यात्रा गराउँछ ।’

गत वर्ष पनि उपमहानगरपालिकाले १ सय २२ जना जेष्ठ नागरिकलाई मुक्तिनाथको धार्मिक यात्रा गराएको थियो । उक्त यात्रामा करिब ८ लाख रुपैयाँ खर्च भएको थियो । यो वर्ष १० लाखको अनुमानित खर्च हुने प्रमुखको सचिवालयका कर्मचारी कृपा उपाध्यायले बताए । बर्सेनि गराइने धार्मिक यात्रामा एकपटक गएकालाई नदोहोरिने गरी सहभागी गराउने गरिएको छ ।

प्रकाशित : आश्विन ७, २०८० २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?