कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

डीआर पन्त

धनगढी — शनिबार रातिदेखिको अविरल वर्षाले बैतडी–दार्चुला जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नाया गाउँपालिका–३ धर्मघर नजिक पहिरो जाँदा आइतबार बिहान ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले शतबाँझ गोकुलेश्वोरको धर्मघर नजिक पहिरो गएपछि यातायात अवरुद्ध भएको बताए ।

निरन्तरको वर्षाले सडक खोल्न नसकिएको पनि उनले जानकारी दिए ।

महाकाली राजमार्ग अवरुद्ध भएपछि दार्चुला जाने सबै यातायातका साधन सडक खण्डमै रोकिएका छन् ।

प्रकाशित : भाद्र २४, २०८० १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?