कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

महाकालीमा बहाव घटेपछि बनबासा पुलमा चार पांग्रे सवारी साधन सञ्चालन

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव घटेपछि शनिबारदेखि चार पांग्रे सवारी साधन सञ्चालन भएको छ । 

बिहीबारदेखि पानीको बहाव बढेपछि बन्द भएको शारदा ब्यारेजको बनबासा पुल तेस्रो दिन ठूला सवारी साधनका लागि आवगमन खुला गरिएको हो । शनिबार महाकालीमा पानीको बहाव ८५ हजार ७१९ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार साँझ पानीको बहाव १ लाख १० हजार क्यूसेक पुगेको छ । पानीको बहाव १ लाख नाघ्नेबित्तिकै चार पांग्रे सवारी साधनको अवागमनमा रोक लागइने गरिएको छ ।

प्रकाशित : भाद्र ९, २०८० १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×