कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

सुतिरहेको अवस्थामा आमा र बच्चामाथि छुरा प्रहार, तीन जना घाइते

वसन्तप्रताप सिंह

बझाङ — सुतिरहेको अवस्थामा बझाङको सदरमुकाम चैनपुरमा आमा र बच्चामाथि छुरा प्रहार भएको छ । सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा भएको उक्त घटनामा तीन जना घाइते भएको छन् ।

छुरा प्रहारबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका छन् । मध्यराति १२ बजेतिर अनुहार मास्कले ढाकेको एक व्यक्ति कोठाभित्र प्रवेश गरेको र उसले सुरुमा बच्चालाई छुरा प्रहार गरेको घाइतेका श्रीमान् कलक विकले बताए ।

‘बच्चाहरू रोएपछि श्रीमती उठिछन् । उनलाई पनि छुरा हानेछ । उनीहरू कराउन थालेपछि मोबाइल लिएर भागेको रहेछ,’ उनले भने ।

छुरा प्रहारबाट घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । छुरा प्रहारबाट आमाको घाँटी र छातीमा चोट लागेको छ भने बच्चाहरूको अनुहार, छाती, घाँटी र पिठ्युँमा अन्धाधुन्ध छुरा प्रहार गरेको घाउ रहेको तर तीनै जनाको अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले बताए ।

‘सीसी टीभी लगाएको प्रहरीको चौबिसै घण्टा गस्ती हुने ठाउामा यसरी आक्रमण हुन्छ भने कहाा गएर बस्ने ? बच्चाहरू कसरी जोगाउने ?’ चौगाउँ टोलमा बस्ने लक्ष्मी बोहराले भनिन् ।

घटना घटेको केहिबेरदेखि नै प्रहरी आक्रमणकारीको खोजीमा लागिसकेको र घटनाको अनुसन्धान भइरहेको बझाङ प्रहरी प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए । डीएसपी भण्डारीका अनुसार आक्रमणमा प्रयोग भएको छुरा विककै भान्साकै रहेको पाइएको छ ।

प्रकाशित : भाद्र ५, २०८० ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?