२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

बलात्कार आरोपमा एक जना पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालबाट बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

स्थानीय ४६ वर्षीय हरकसिंह महरालाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मेडिकल सञ्चालक महराले आफ्नै मेडिकलमा उपचारका लागि आएकी स्थानीय महिलामाथि जबर्जस्ती करणी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

पीडित महिलाले नै जिल्ला प्रहरीमा जबर्जस्ती करणीसँगै कुटपिट गरेको भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए ।

प्रकाशित : असार १२, २०८० १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?