कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बझाङको हिमपहिरोमा एक जनाको शव भेटियो, दुई बेपत्ता

यार्चा संकलन गर्न हिमाल गएका एक जनाको शव फेला पर्‍यो । दुई जना घाइते भएका छन् र दुई जना बेपत्ता छन् । कठिन र लामो बाटोका कारण प्रहरीको उद्धार टोली सोमबार मात्रै घटनास्थल पुग्नेछ ।
वसन्तप्रताप सिंह

बझाङ — सुर्मा गाउँपालिकाको यार्चा संकलन क्षेत्र धानसेरी हिमालमा आएको हिमपहिरोमा परेका एक जनाको शव फेला परेको छ । हिमपहिरोमा पुरिएको अवस्थामा सुर्मा गाउँपालिका ३, काँटै गाउँकी ४० वर्षीया रामकोइला बोहराको शव फेला परेको हो । 

यस्तै हिमपहिरोमा परेर उनका श्रीमान् ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका वडा नं ११, मयानाका १४ वर्षीय आकाश धामी घाइते भएको प्रहरीले जनाएको छ । हिमपहिरोमा मयाना गाउँकै १८ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए ।

आइतबार दिउँसो ११ बजेतिर आएको हिमपहिरोमा उनीहरु पुरिएका थिए । पहिरोमा परेकाहरुको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाइए पनि घटनास्थल पुग्न सकेको छैन । प्रहरी टोली भोलि सोमबारमात्रै घटनास्थल पुग्ने डीएसपी भण्डारीले बताए ।

घाइतेहरुलाई उपचारका लागि बोकेर सदरमुकाम चैनपुर ल्याउने काम भइरहेको र मृतकको शव पनि पोष्टमार्टमका लागि सदरमुकाम ल्याइँदै गरेको स्थानीयले बताएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०८० २०:३२
प्रतिक्रिया
पठाउनुहोस्

कर्तव्य ज्यान मुद्दामा २० वर्षपछि पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको सुनापति ४ बेथानका च्याङ्वा भनिने विरासलाल तामाङलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा २० वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ ।

२०६० मंसिर ४ गते साविक बेथान गाविस ७ का रामशरण घिमिरे खत्रीलाई चौरीखोला नजिकै कुटपिट गरी हत्या गरी सुनकोशीमा फालेको जाहेरीका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो ।

घटनापछि फरार रहेका ६६ वर्षीय तामाङ घरमै छुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार तामाङलाई कर्तव्य ज्यान सम्बन्धी अनुसन्धानका लागि रामेछाप जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न आइतबार नै म्याद थप गरिएको छ ।

प्रकाशित : जेष्ठ ७, २०८० २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×