१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

हिमपहिरोमा बेपत्ताको खोजी कार्य स्थगित, उद्धार टोली छाङरु फर्क्यो [अपडेट]

मनोज बडु

दार्चुला — जिल्लाको व्याँस गाउँपालिका–१ भोमिनको हिमपहिरोमा पुरिएका ५ जनाको खोजी कार्य स्थगित गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीको टोली छाङरू फर्केको छ । निरन्तर हिमपात र पहिरो गएको ठाउँमा ५ फिटभन्दा बढी हिउँ जमेकोले बेपत्ता भएकाको खोजी कार्य कठिनाई भएपछि सुरक्षाकर्मी फर्केको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बुधबार फेरि बेपत्ताको खोजीका लागि प्रहरी जानेछ । 

हिमपहिरोमा बेपत्ताको खोजी कार्य स्थगित, उद्धार टोली छाङरु फर्क्यो [अपडेट]

यार्सा संकलनका लागि गएका १२ जनामध्ये ५ जना भोमिनको हिमपहिरोमा पुरिएका छन् । ७ जना सकुशल रहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए । 'यार्सा संकलन गर्ने १२ जनाको समूह एउटै पालमुनि बस्दै आएका रहेछन् । हिमपहिरो आउनेबित्तिकै ७ जना भाग्न सफल भएका छन् । ५ जना पुरिएको घटनास्थल पुगेको उद्धार टोलीले जानकारी दिएको छ,' उनले भने । पुरिएकामा ४ महिला र १ पुरुष छन् ।

पुरिनेमा ३ जना कैलालीको बुडर र २ जना दुहु गाउँपालिका पोक्सेका रहेका छन् । सँगै रहेका २ जना सामान्य घाइते अवस्थामा उद्धार गरिएको सितापुल प्रहरी चौकीका असई प्रकाशबहादुर सिंहले जानकारी दिए ।

मंगलबार दिउँसो हिमपहिरो गएको खबरपछि सितापुल प्रहरी चौकीबाट प्रहरी र सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमान्डमा करिब ३० जनाको टोली उद्धारका लागि घटनास्थलतर्फ गएको थियो ।

प्रकाशित : वैशाख १९, २०८० २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?