दार्चुलाको व्यास गाउँपालिकाले सामुदायिक शिक्षा सुधारका लागि विद्यालयका प्रधानाध्यापकसित एक वर्षको कार्यसम्पादन करार सम्झौता गरेको छ । गाउँपालिकाभरिका सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारका लागि विद्यालयका प्रधानाध्यापक र गाउॅपालिकाबीच २४ बुँदे सम्झौता भएको हो ।
दार्चुलाको नौगाड गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दलजितसिंह धामी निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् ।
दार्चुलाकाे शैल्यशिखर नगरपालिका ६ स्थित पशुपति भवन माध्यमिक विद्यालयमा रहेको ग्वानि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतदान राेकिएकाे छ ।
लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा वासुदेव भट्ट क्वारेन्टाइनमा किरिया बसेको छैटौं दिन घर पुगेका छन् । उनी आइतबार दिउसोमात्रै नेपाल आएका हुन् ।
सीमा बन्द भएका कारण आमाको क्रिया गर्न नेपाल आउन नपाएका वासुदेव भट्टलाई भोलि शुक्रबार नेपाल ल्याइने भएको छ। सीमामा आइपुगेर पनि नेपाल आउन नपाएपछि भारतको धारचुलामै क्वारेन्टाइनमा कोरा बसेका शैल्यशिखर नगरपालिका १ का भट्टलाई ल्याउने व्यवस्था मिलाउन बिहीबार गृह मन्त्रालयले दार्चुला प्रशासनलाई निर्देशन दिएको थियो ।
भारतबाट फर्किंदै गरेका नेपाली लकडाउनका कारण सीमा नाका बन्द भएपछि ज्यान जोखिममा राखेर महाकाली पार गर्न थालेका छन् । सोमबारदेखि शुक्रबारसम्म पौडेर र ट्युबको सहारामा ७० जना महाकाली तरेर स्वदेश प्रवेश गरिसकेका छन् ।
कोरोनाका डरले गर्दा भारतमा गरिरहेको काम गर्न नपाएपछि धेरै नेपाली घर फर्कन खोजे । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका करिब एक हजार जना नेपाली महाकालीपारि आइपुगेका छन् ।