कैलालीका ५ क्याम्पसमा अनेरास्ववियु र ३ वटामा अखिल क्रान्तिकारी विजयी

मोहन बुडाऐर

धनगढी — कैलालीका ९ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा बिहानसम्म नतिजा सार्वजनिक भएका ५ वटा क्याम्पसमा अनेरास्ववियु र ३ वटामा अखिल क्रान्तिकारीको टिम विजयी भएको छ ।

अनेरास्ववियु बुलबुले बहुमुखी क्याम्पसमा पुष्प खाती, खप्तड बहुमुखी क्याम्पसमा पुष्कर अवस्थी, चौमला बहुमुखी क्याम्पसमा हरेन्द्र बुढा, लम्की बहुमुखी क्याम्पसमा कल्पना तिमिल्सना र ऐश्वर्य बुहुमुखी क्याम्पसमा कुवेर खड्का नेतृत्वको टिम विजयी भएको छ ।

भजनीमा रहेको मोहन्याल बहुमुखी क्याम्पस, राष्ट्रिय बहुमुखी क्याम्पस सुखड र रघुनाथ बहुमुखी क्याम्पस जोशीपुरमा अखिल क्रन्तिकारी विजयी भएको छ ।

घोडाघोडी बहुमुखी क्याम्पसको घोषणा हुन बाँकी रहेको छ । टिकापुर बहुमुखी क्याम्पसको आइतबार निर्वाचन भइरहेको छ ।

प्रकाशित : चैत्र ६, २०७९ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्

५ डीआईजी एआईजीमा बढुवा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक(डीआईजी) अतिरिक्त महानिरीक्षक(एआईजी) मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृहसचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले पाँचै जना डीआईजीलाई बढुवा सिफारिस गरेको थियो । सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी प्रदेश, थापा वाग्मती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन् ।

एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा बढुवा ५ डीआईजीको बढुवा गरिएको हो । थापा २०५२ र अरु ४ जना २०५१ सालमा निरक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन् ।

आगामी चैत ११ देखि हालका महानिरीक्षक धिरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन् । यद्यपि यहीबीच सरकारले ३० वर्षे सेवा अवधि हटाएर अवकाशका लागि उमेर र पदावधि लगाउने गरी ऐन संशोधनको गृहकार्यसमेत गरिरहेको छ । यदि ऐन संशोधन भए अवकाशमा जान लागेका अधिकारीहरूको अवधि थपिन्छ ।

प्रकाशित : चैत्र ६, २०७९ १०:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×