कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

दार्चुलाका शंकरपुर र लटिनाथ क्याम्पसमा गठबन्धनका उम्मेदवार विजयी

मनोज बडू

दार्चुला — मालिकार्जुन गाउँपालिकामा रहेको शंकरपुर क्याम्पस पस्तीको स्ववियु सभापतिमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार कविता अवस्थी प्यानलसहित विजयी भएकी छन् । उनले नेपाल विद्यार्थी संघका एकेन्द्रसिंह धामीलाई १५ मतले पराजित गर्दै विजयी भएकी हुन् ।

दार्चुलाका शंकरपुर र लटिनाथ क्याम्पसमा गठबन्धनका उम्मेदवार विजयी

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरपुर क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित अवस्थीले ५७ मत ल्याइकी थिइन् । उनकी प्रतिस्पर्धी नेविसंघका उम्मेदवारी धामीले ४२ मत ल्याइएका थिए । सो क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए । नेपाल विद्यार्थी संघ एक्लै चुनाव लडेको थियो ।

त्यस्तै, मार्मा गाउँपालिकामा रहेको लटिनाथ क्याम्पसमा पनि अनेरास्ववियु र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवार जगदिशसिंह कोट्टारी ४४ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेविसंघका जनक विष्टले ३२ मत प्राप्त गरेका थिए । सचिवमा गठबन्धनका सुनिलप्रसाद जोशी ५७ मतसहित विजयी भएका थिए ।

त्यस्तै, कोषाध्यक्षमा गठबन्धनकै अरुणा धामी, सदस्यहरुमा शंकरसिंह डडाल, झरना ठगुना, र कविता विष्ट विजयी भएका हुन् ।

प्रकाशित : चैत्र ६, २०७९ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×