कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
स्ववियु निर्वाचन

बुढीनन्दा क्याम्पसको झडपपछि कोल्टी बजारमा कर्फ्यू

अर्जुन शाह

धनगढी — बाजुराको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले बजारमा निषेधाज्ञा जारी गरेको छ । स्ववियुको निर्वाचनका क्रममा प्रतिस्पर्धी विद्यार्थी संगठनहरुबीच झडप भएर कोल्टी बजार नै तनावग्रस्त भएपछि सोमबार बिहानसम्मका लागि निशेषज्ञा जारी गरिएको हो ।

बुढीनन्दा क्याम्पसको झडपपछि कोल्टी बजारमा कर्फ्यू

प्रमुख जिल्ला अधिकारी पुुष्कर खड्काका अनुसार स्थिति नियन्त्रणबाहिर जाने अवस्था भएपछि बुढीनन्दा नगरपालिकाको वडा नम्बर १ र २ मा निषेधाज्ञा जारी गरिएको हो ।

‘बजार क्षेत्रमा पनि ढुंगामुढा प्रहार एउटा मोटरसाइकलमा समेत आगजनी भएपछि अवस्था असामान्य भएको हो,’ प्रजिअ खड्काले भने । अहिले कोल्टीमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बाजुराको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा आइतबार दिनभर तनाव उत्पन्न भएको थियो । चुनावी प्रतिस्पर्धामा रहेका विद्यार्थीहरुबीच झडप भएपछि झडपको अवस्थालाई नियन्त्रणमा लिन दिउँसो प्रहरीले २७ राउन्ड हवाई फायरसहित अश्रुग्यास प्रहार गरेको थियो ।

उक्त क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुुको प्यानल र नेपाली कांग्रेस-एकीकृत समाजवादी-माओवादी केन्द्र निकट तीनवटा विद्यार्थी संगठनहरुको संयूक्त प्यालनबीच चुनावी प्रतिस्पर्धा भएको छ ।

मतदानका क्रममा दुुबै पक्षबीच विवाद भएर झडपको अवस्था आएको थियो । झडप भएपछि मतदान स्थगित गरिएको छ ।

प्रकाशित : चैत्र ५, २०७९ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?