कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी र सभामुखको मनोनयन आजै

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशमा बुधबार मुख्यमन्त्री र सभामुखको मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार अपरान्ह्र पाँच बजेभित्र मुख्यमन्त्रीको दाबी पेस गर्ने समयावधि तोकेका छन् । प्रदेशसभा सचिवालयमा पनि  दिउँसो २:३० बजेभित्र सभामुखको मनोनयन दर्ता गर्नुपर्ने तालिका छ । 

सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी र सभामुखको मनोनयन आजै

एमाले सांसद धर्मराज पाठकले एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री पदको दाबी पेस गर्ने बताए । मुख्यमन्त्री एमालेको भागमा परेपछि माओवादी केन्द्रले सभामुख पाउने चर्चा छ । तर सो पार्टीले हालसम्म कसलाई उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय गरेको छैन ।

सांसदहरु अक्कलबहादुर रावल, मानबहादुर धामी र भीम भण्डारीको सभामुखको दबवीमा रहेको चर्चा छ । रावल र धामी पहिलो प्रदेशसभा कार्यकालमा समेत सांसद थिए । रहेका अछामबाट निर्वाचित रावल यसअघि माओवादी केन्द्रबाट प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका थिए भने दार्चुलाबाट निर्वाचित मानबहादुर धामी यसअघि मन्त्री थिए ।

प्रदेशसभा सचिवालयका अनुसार दिउँसो साढे दुई बजेसम्म मनोनयन दर्ता गर्ने समयतालिका निर्धारण गरिएको छ । निर्वाचन भने बिहीबार हुने तालिका छ ।

प्रकाशित : पुस २७, २०७९ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×