२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आगलागीबाट डाँफे होटल जलेर खरानी 

मुगु — मुगु जिल्लास्थित छायाँनाथ रारा नगरपालिका-३ लामाचौरमा रहेको डाँफे होटल आगलागीले खरानी भएको छ । उक्त होटल रारा राष्टिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्छ । 

आगलागीबाट डाँफे होटलका मालिका लालचन्द भण्डारीको धनसम्पत्ति, मालसमान र अन्नपात जलेर खरानी भएको नगरपालिका—३ का वडाअध्यक्ष नन्दबहादुर रावलले जानकारी गराए । गएराति करिब ९ देखि १० बजेसम्म होटलमा अकस्मात आगलागी भएको थियो ।

उक्त होटल नजिक रारा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत नेपाली सेनाको सुरक्षा चेक पोष्ट भएपनि सेनाका जवान कम भएको र अन्य स्थानीय नहुँदा होटलमा जलेको आगो निभाउन कठिन भएको थियो ।

प्रकाशित : असार १, २०८१ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x