२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जंगलमा लुकाइ राखेको एक थान भरुवा बन्दुक बरामद 

सल्यान — सल्यानको एक जंगलमा लुकाइ छिपाइ राखेको एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-२ खारापाखास्थित राधिका सामुदायिक वनमा लुकाइ राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो । 

जंगलमा लुकाइ राखेको एक थान भरुवा बन्दुक बरामद 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार जंगलमा अपरिचित व्यक्तिले बन्दुक छाडी भागेको भन्ने गोप्य सूचना पाएपछि घटनास्थल पुगेको प्रहरीले सल्लाको सुकेको कुसुम(पात) ले छोपी राखेको अवस्थामा भरुवा बन्दुक फेला परेको थियो ।

बन्दुक कसले छाडेको खुल्न नसकेपनि सिकार खेल्नेले लुकाए राखेको हुनसक्ने उनले जानकारी गराए ।जंगलमा अवैध रुपमा भेटिएको भरुवा बन्दुक र कसले लुकाएको भन्नेबारेमा अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रनि धमलाले जानकारी गराए ।

प्रकाशित : असार १, २०८१ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x