२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

भेरीमा पौडी खेल्न गएका २ जना बेपत्ता 

वीरेन्द्रनगर — भेरीमा पौडी खेल्ने क्रममा २ जना बेपत्ता भएका छन् । शनिबार दिउँसो वीरेन्द्रनगर-२ चोक्टेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा कालीकोट घर भई हाल सुर्खेत वीरेन्द्रनगर-७ खजुरा बस्ने १९ वर्षका विनोद केसी र १६ वर्षका भूपेन्द्र केसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बेपत्ता भएकाहरूको प्रहरी चौकी रानीघाटबाट प्रहरी सहायक निरीक्षक जसपाल बुढाथोकीको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएर खोजी कार्य गरिरहेको छ ।

प्रकाशित : असार १, २०८१ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x