कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सिद्धार्थ बैंकको ‘सिद्धार्थ रिवार्डस’ योजना

काठमाडौँ — सिद्धार्थ बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकका लागि ’सिद्धार्थ रिवार्डस’ योजना ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकले बैंकको कार्ड प्रयोग गरी गरिने खरिद (पीओएस र इ–कमर्स) र मोबाइल बैकिङबाट गरिने टपअपको आधारमा रिवार्डस पोइन्टस पाउनेछन् ।

सिद्धार्थ बैंकको ‘सिद्धार्थ रिवार्डस’ योजना

यसरी पाएको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिँदा भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्नेछन् । सिद्धार्थ रिवार्डस सार्वजनिक गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले बैंकको यस सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात गरी ग्राहकहरूको बैंकिङ अनुभवलाई अझ गुणस्तरीय बनाउने बताए ।

प्रकाशित : असार ५, २०८१ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×