कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दुई महिनामै प्रदेश सरकारको अनुभूति नागरिकले गर्नेछन् : मन्त्री साह

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले दुई महिनामै प्रदेश सरकारको अनुभूति नागरिकले गर्ने बताएका छन् । आर्थिक मसान्तको २० दिन बाँकी रहँदासम्म प्रदेशको बजेट २८ प्रतिशतमात्र खर्च भयो,' मन्त्री साहले भने,‘अब त्यसो हुन दिन्नौं । साउनमै बजेट खर्चको प्रक्रिया अगाडि बढाएर भदौदेखि बजेट कार्यान्वयन हुनेछ ।’ 

दुई महिनामै प्रदेश सरकारको अनुभूति नागरिकले गर्नेछन् : मन्त्री साह

'अब प्रदेश सरकारको निर्णय केन्द्रबाट नभएर प्रदेशमै दलका नेताले गर्ने भएकोले प्रदेशको विकास जनताले तत्कालै अनुभूति गर्न पाउने छन्,' अर्थमन्त्री साहले भने ।

मंगलबार साँझ पत्रकारहरुसँगको भेटघाटमा मन्त्री साहले कमिसन लिएरमात्रै बजेट विनियोजन हुने र नाम तोकेर योजनाको पत्र कार्यालयमा पठाउने समय समाप्त भएको बताए । 'विगतका सरकारले गरेको कमीकमजोरी अब हुँदैन,' मन्त्री साहले भने, ‘प्रदेश सरकार स्थानीय तहलाई अनुदानमा कुनै भेद्भाव नगरी समान रुपले अनुदान पठाउउने निर्णय गरेको छ । बजेट कार्यान्वयन गर्न व्यवहारमा सुधार गर्ने छन् ।’ मन्त्रीहरुले आफूखुसी गर्ने परम्परा हटाएर मन्त्रिपरिषद्‌मा व्यापक छलफल गरी नीति कार्यक्रम र बजेट तयारी गरिएको उनले प्रस्ट्याए ।

मधेश प्रदेश सरकारको प्राथमिकतामा प्रदेशको सुख्खा क्षेत्रको सम्बोधन, मधेशको आधार पानी तयार गर्ने, मधेशको नदीहरु जोड्ने आन्तरिक नहर परियोजना अगाडि बढाउने, कृषि क्षेत्रको व्यावसायीकरण र रोजगारी, स्वास्थ्य, सरसफाई, शिक्षा र सडक पूर्वाधार रहेको मन्त्री साहले बताए ।

प्रदेश सरकारअन्तर्गतका निकायहरुले कार्यान्वयन गर्ने विकास निर्माणका कार्यहरु खुला एवं प्रतिस्पर्धी खरिद विधिअनुसार गरिने र स-साना सार्वजनिक निर्माणका कार्यहरु गर्नुपरेमा वित्तीय हस्तान्तरणको माध्यमबाट स्थानीय तहमार्फत कार्यान्वयन गर्ने नीति लिइएको साहले बताए ।

प्रकाशित : असार ५, २०८१ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×