कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पञ्चकन्या स्टीललाई ग्रिन प्रो प्रमाणपत्र 

काठमाडौँ — पञ्चकन्या स्टीलको उत्पादन ५०० एक्सडी र ५५० एक्सडि रिबार (फलामे छड) ले ग्रीनप्रो प्रमाणपत्र पाएको छ । वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको रहेकै कारण प्रमाणपत्र पाइएकाे कम्पनीले जनाएकाे छ ।

पञ्चकन्या स्टीललाई ग्रिन प्रो प्रमाणपत्र 

कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ र सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरले कम्पनीलाई प्रमाणपत्र दिएको हो । ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गर्ने कम्पनीले जनाएको छ ।

ग्रिनप्रो प्रमाणपत्र प्राप्त स्टील रिबारहरूले प्रयोगकर्ताहरूका लागि महत्वपूर्ण फाइदाहरू ल्याउने कम्पनीले जनाएको छ । यी रिबारहरूले हरित भवन प्रमाणपत्रहरू प्राप्त गर्न मान्यता र ख्याति प्राप्त हुन्छ भने स्रोतको खपत घटाएर उत्पादनमा सुधार गर्नेछ । पञ्चकन्या स्टीलको ५०० एक्सडि र ५५० एक्सडि रिबारहरू भैरहवामा निर्माण हुन्छ । यो प्रमाणपत्रले पञ्चकन्या स्टीलको दिगो निर्माण सामग्रीहरूमा अग्रणीको रूपमा स्थिति अझ बलियो बनाएको छ ।

प्रकाशित : असार ५, २०८१ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×