कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राष्ट्रिय फेन्सिङमा उपेन्द्र र अनिता उत्कृष्ट

काठमाडौँ — नेपाल आर्मी टिमले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बुधबार टिम च्याम्पियनको ट्रफी जितेको छ । आर्मीका खेलाडी ६ स्वर्ण, २ रजत र ५ कांस्य पदक जितेका थिए ।

राष्ट्रिय फेन्सिङमा उपेन्द्र र अनिता उत्कृष्ट

नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली एपीएफ क्लब ५ स्वर्ण, ६ रजत र ५ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको वाग्मती प्रदेशले १ स्वर्ण, १ रजत र ६ कांस्य पदक जिते ।

प्रतियोगितामा वाग्मती, गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश तथा विभागीय टोली आर्मी र एपीएफ गरी ६ टिमको सहभागिता थियो । बाँकी प्रदेशले स्वर्ण नजिते पनि पदकविहीन भएनन् । गण्डकीले २ रजत र ४ कांस्य, सुदूरपश्चिमले १ रजत र ३ कांस्य तथा कोशीले १ कांस्य जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा आर्मीका उपेन्द्र शाही र महिलामा एपीएफकी अनिता कार्की उत्कृष्ट खेलाडी चुनिए । दुवैले जनही १० हजार पुरस्कार पाए ।

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठलगायतले पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा १ सय १२ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेकोसंघका महासचिव सुजनलाल श्रेष्ठले जनाए ।

प्रकाशित : असार ५, २०८१ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×