कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

किङडमका दुवै टोलीलाई सफलता 

काठमाडौँ — किङडमको ब्वाइज/गर्ल्स दुवै टोली सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनल पुगेका छन् ।

किङडमका दुवै टोलीलाई सफलता 

सिनियर गर्ल्समा किङडमले न्युटनलाई २३–१३ स्कोरले पराजित गर्‍यो । किङडमकी दावा तामाङले ९ स्कोर गरिन् । जुनियर ब्वाइजमा लोप्साङ लामाको ८ स्कोरमा किङडमले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई ३४–२२ ले हरायो ।

आयोजक एन्जल्स हार्टमा भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समा टीआईए र ग्रिनल्यान्ड क्वाटरफाइनलमा पुगे । टीआईएले लालीगुराँस नेसनल एकेडेमीलाई १५–७ स्कोरले हरायो । टीआईएकी अञ्जली शाहीले ५ स्कोर गरिन् । ग्रिनल्यान्डले ल्यान्डमार्कलाई १४–९ ले हराउँदा विजेताकी बिहानी राईले ६ स्कोर जोडिन् ।

जुनियर ब्वाइजमा जीवन ज्योतिले फ्लोरोसेन्टलाई १७–१० तथा गोल्डेनपिकले जेबी स्कुललाई २३–१५ स्कोरले हराएर क्वाटरफाइनल यात्रा तय गरे । जीवन ज्योतिका साराङ गुरुङले ५ र गोल्डेनपिकका संस्कार पाठकले ११ स्कोर जोडे । जुनियर ब्वाइजकै लिगमा ग्रिनल्यान्डले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १७–१० स्कोरले पन्छायो । ग्रिनल्यान्डका विश्वास केसीले ८ स्कोर गरे ।

प्रकाशित : असार ५, २०८१ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×