कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ट्यांग्रा खोलाले बस्ती कटान गर्दा ६ घर विस्थापित, नगरबासीले घेरे वडा कार्यलय 

सुनसरी — ट्यांग्रा खोलाले इटहरी उपमहानगरपालिका- १३ का बस्तीमा कटान गर्दा ६ घर विस्थापित भएका छन् । अन्य एक दर्जन बढी घरहरु पनि उच्च जोखिममा रहेका छन् ।

ट्यांग्रा खोलाले बस्ती कटान गर्दा ६ घर विस्थापित, नगरबासीले घेरे वडा कार्यलय 

गएराति परेको अबिरल वर्षाको कारण ट्यांग्रा खोलामा आएको बाढीले किनाराका घरहरु भत्काएको हो । अहिले खोलामा पानी घडेपनि पुनः पानी परे अन्य घरहरु पनि भत्किने उच्च जोखिममा रहेको सुनसरी प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले जानकारी दिए ।

विस्थापित भएका स्थानीयहरु छिमेकीको घरमा शरण लिएर बस्न बाध्य भएका छन् । पानी पर्ने क्रम नरोकिएपछि बस्ती नै उच्च जोखिमा परेको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहित जिल्लास्थित विपद् व्यवस्थापनको टोलीले बुधबार दिउँसो सो क्षेत्रको अनुगन गरेको एसपी रेग्मीले बताए ।

जोखिममा परेका घरहरुलाई जोगाउन तथा बाढी नियन्त्रणका लागि काम भइरहेको इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्प नारायण चौधरीले बताए । घर भत्किए पछि विस्थापित भएका परिवार तथा स्थानीय बासिन्दाहरुले १३ नं वडा कार्यालय घेराउ गरेका छन् ।

उपमहानगरको लापर्वाहीले कटान गरेको भन्दै आक्रोसित उनीहरुले वडा कार्यलयमा घेराउ गरेका हुन । खोलाको अतिक्रमित क्षेत्र क्लियर गर्न तथा सफाइ गर्न उपमहानगरपालिकाले एक महिना अघि देखि ट्यांग्राखोला सफाइ अभियान चलाएको थियो ।

सो क्रममा जेसिबीले खनेको खोला किनाराका बस्तीमा सामान्य बाढीले नै कटान गर्न थालेको हो । खोला सफाइ गर्दा लापरबाही गरेकाले किनाराका घरहरु कटानमा परेको बिस्थापित इटहरी–१३ की देवीकुमारी कार्कीले बताइन् । घर कटानमा परेपछि आफ्नो परिवार छिमेकीको घरमा सरेको कार्कीले बताइन् ।

कार्की जस्तै स्थानीय रञ्जु सरदार, गंगा गौतम र स्थानीय तुलसा काफ्लेको घर पनि कटानमा परेपछि बिस्थापित भएका छन् । उनीहरु पनि छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

खोला सफाइ गर्दा जेसिबीले खनेको क्षेत्रमा आवश्यक सुरक्षाको उपाय नअपनाउँदा कमजोर बनेको माटो सामान्य बाढीले पनि कटान गर्न थालेको हो । लगातार पानी पर्दा पानीको सतह बढ्ने र घट्ने क्रममा खोलाले बढी कटान गर्ने गरेको स्थानीयको भनाई छ ।

प्रकाशित : असार ५, २०८१ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×