कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कुटपिट मुद्दाका फरार प्रतिवादी ५ वर्षपछि पक्राउ

सल्यान — कुटपिट मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । कपुरकोट गाउँपालिका-४ घर भएका वर्ष २९ का नविन पुनलाई प्रहरीले पक्राउ गरेको हो । 

कुटपिट मुद्दाका फरार प्रतिवादी ५ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रनाउ नविन कार्कीका अनुसार कुटपिट मुद्दाका पुनलाई जिल्ला अदालत सल्यानले २०७६ असार २४ गते दोषी ठहर गर्दै सात दिन कैद र ७ सय रुपैयाँ जरिवानासहितको फैसला गरेको थियो ।

लामो समयदेखि फरार रहेका पुनलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरी टोलीले घर नजिकैबाट फक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख कार्कीले जानकारी गराए । उनका अनुसार पक्राउमा परेका पुनलाई प्रहरी चौकी कपुरकोटको हिरासत कक्षमा राखिएको छ । पुनलाई कैद भुक्तानको लागि कारागार चलान गरिने उनको भनाइ छ ।

प्रकाशित : असार ५, २०८१ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×