कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कर्णालीमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन, अझै मिलेन भागबन्डा 

वीरेन्द्रनगर — कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले बुधबार नै ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरे । तर मंगलबार अन्तिम दिन भए पनि एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न सकेका छैनन् । 

कर्णालीमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन, अझै मिलेन भागबन्डा 

नयाँ सत्ता गठबन्धन दलबीच मन्त्रालयको बाँडफाँडमा कुरा नमिल्दा कँडेलले दाबी पेस गर्न नसकेका हुन् । माओवादी आफ्ना मागअनुसार भागबन्डा टुंग्याएर दाबी पेस गर्नुपर्ने अडानमा छ भने एमाले पहिला दाबी पेस गरेर अन्य छलफलमा जानुपर्ने पक्षमा छ । नयाँ गठबन्धन दलको सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व एमालेलाई दिने सहमति भएको थियो । जसअनुसार माओवादीले सभामुखसहित चारवटा मन्त्रालय पाउनुपर्ने माग राखेको छ ।

एमाले प्रमुख सचेतक टेकराज पछाइले माओवादीले माग थपेको थप्यै गर्न थालेपछि समस्या भएको बताए । ‘हामीले त १/२ दिनमै दाबी पेस गर्न खोजेका थियौं, तर दुवै दलको सहमतिमा जाने कुरा भएपछि दाबी पेस गर्ने समय लम्बिएको हो,’ उनले भने, ‘मन्त्रालयको भागबन्डामा त हाम्रो सहमति नै छ, तर सभामुखको कुरामा हामीले अझै सहमति गर्न सकेका छैनौं ।’ अहिले एमालेकी नन्दा गुरुङ कर्णाली प्रदेशसभाकी सभामुख छिन् ।

माओवादीले आर्थिक मामिलासहित ४ मन्त्रालयमा दाबी पेस गरेको माओवादी सांसद दुर्गबहादुर रावतले बताए । प्रदेशसभामा एमालेभन्दा आफूहरुको दल ठूलो भएकाले अबको सरकारमा सम्मानजनक उपस्थिति चाहेको उनको भनाइ छ ।

प्रकाशित : चैत्र २७, २०८० ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×