कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१२

हुम्ला अस्पतालमा मौसमी रुघाका बिरामी बढे

जनकबहादुर शाही

हुम्ला — मौसम परिवर्तनसँगै हुम्लामा मौसमी रुघा (फ्लु)बाट संक्रमित हुनेहरूको संख्या तीव्र बनेको छ । पहिले अस्पतालको ओपीडी कक्षमा दैनिक २० जनासम्म बिरामी आउने गरेको भए पनि पछिल्ला केही दिनयता एक सयभन्दा बढी बिरामी स्वास्थ्य परीक्षणको लागि आइरहेका छन् ।

हुम्ला अस्पतालमा मौसमी रुघाका बिरामी बढे

सामान्यत: वर्षा भइरहेको बेलामा लाग्ने घामका कारण सिजनल फ्लुको संक्रमण बढ्ने गरेकाले अहिले जिल्ला अस्पतालमा बिरामी बढेको जिल्ला अस्पताल हुम्लाका मेडिकल सुपरिटेन्डेन्ट डा. कैलाश लामााले बताए ।

दैनिक उच्च ज्वरो आउने, रुघाखोकीे, टाउको दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने, घाँटी दुख्ने, बान्ता हुने र पेट दुख्ने जस्ता लक्षणसहितका बिरामी आउने गरेको डा लामाले बताए ।

सिजनल फ्लुबाट संक्रमण भएको महसुस भएमा आराम गर्नुका साथै स्वस्थ जीवनशैली अपनाउनुपर्ने चिकित्सिकको सुझाव छ । कतिपय बिरामीले चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक औषधिको सेवन गरेको समेत पाइएको भन्दै डा. लामाले भाइरलको संक्रमण हुनासाथ एन्टिबायोटिक सेवन गर्नु उपयुक्त नहुने सुझाव दिए । संक्रमण बढे तुरुन्तै स्वास्थ्य संस्थामा जान पनि उनले आग्रह गरेका छन् ।

जिल्ला अस्पताल हुम्लामा अघिल्ला वर्षहरूमा भन्दा सिजनल फ्लुबाट प्रभावित भएकाहरूको भीड बढी रहेको छ । भाइरलबाट प्रभावित भएको सुरुकै अवस्थामा आएका बिरामीलाई औषधि सेवनको सिफारिस गरेर घर फर्काइए पनि कतिपय बिरामीलाई भर्ना गर्नुपर्ने अवस्था रहेको डा. लामाले बताए ।

गाउँपालिका र नगरपालिकामा रहेका स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामीको चाप उच्च रहेको स्थानीय तहहरुका स्वास्थ्य संयोजकहरूले बताएका छन् । दैनिक १५, २० जना भर्ना गर्नुपर्ने अवस्थाका बिरामी आए पछि १५ शय्या क्षमताको जिल्ला अस्पतालमा शय्या अभाव हुन थालेको छ ।

प्रकाशित : श्रावण १२, २०८० १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?