३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

रारामा प्लाष्टिक प्रतिबन्ध 

मुगु — कर्णालीकै उत्कृष्ट पर्यटकीय गन्तव्य राराको सुन्दरता जोगाउन भन्दै प्लाष्टिक प्रतिबन्ध लगाइएको छ ।

रारामा प्लाष्टिक प्रतिबन्ध 

भ्रमणमा आउने आन्तरिक पर्यटकले प्लाष्टिकको झोला, बोत्तल, प्लाष्टिकमा प्याकिङ गरेका बस्तु, चाउचाउका पाकेट ल्याएर रारा ताल छेउछाउ निकुञ्ज क्षेत्रमा फ्याँकेर जाँदा बातावरण प्रदूषित हुन थालेपछि निकुञ्ज प्रशासनले प्लाष्टिकजन्य बस्तु ल्याउन प्रतिबन्ध लगाएको हो ।

घुम्न आउने पर्यटकले जथाभावी प्लाष्टिक फालेर जाँदा बातावरण प्रदूषण रारा ताल क्षेत्र फोहोर हुन थालेपछि प्लाष्टिक ल्याउन नपाइने निर्णय गरिएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरे बताए । राराको प्राकृतिक सुन्दरता जोगाएर पर्यटकलाई आकर्षित गर्न फोहोर व्यवस्थापनमा ध्यान पुर्‍याउनुपर्ने अवस्था रहेको बताए ।

संरक्षण अधिकृत घिमिरेका अनुसार लामाचौर, सल्लेरी, जेउडे क्षेत्रमा रारा भ्रमणमा आएका पर्यटकलाई चेकजाँचको व्यवस्था मिलाएर प्लाष्टिक लैजान प्रतिबन्ध गर्ने र कपडाका झोला लैजान सक्ने व्यवस्था गरिने छ ।

रारा घुम्ने आउने पर्यटकलाई मात्र नभएर निकुञ्जमा कार्यरत कर्मचारी, नेपाली सेनाका जवानहरुलाई पनि रारा क्षेत्रमा प्लाष्टिक फाल्न प्रतिबन्ध लगाइएको छ । विगत लामो समयदेखि निकुञ्जले प्लाष्टिक न्यूनीकरण अभियान संचालन गर्दै आएको भएपनि कार्यान्वयनमा समस्या देखिएपछि नियम नै बनाएर लागु गरेको हो ।

प्रकाशित : जेष्ठ २, २०८१ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?