२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

युभेन्टसलाई इटालियन कपको उपाधि

काठमाडौँ — युभेन्टसले बुधबार एटलान्टालाई १–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ । हारले ६ दशकयता पहिलो उपाधि जित्ने एटलान्टाको सपना अधुरै रह्यो ।

युभेन्टसलाई इटालियन कपको उपाधि

डुसान भ्लाहोभिचले चौथो मिनेटमा गरेको गोल नै युभेन्टसको जितका लागि पर्याप्त रह्यो । युभेन्टसले इटालियन कपको उपाधि जितेको यो कीर्तिमान १५ औं पल्ट हो ।

यससँगै युभेन्टसको तीन वर्ष लामो उपाधिविहीन यात्रामा पनि पूर्णविराम लागेको छ । एटलान्टाले सन् १९६३ मा अन्तिम पटक कुनै फुटबलको उपाधि जितेको थियो । उसले अब अर्को साता हुने युरोपा कपको फाइनलमा बायर लेभरकुजनको सामना गर्नेछ ।

प्रकाशित : जेष्ठ ३, २०८१ ०६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?