२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

कञ्चनपुरमा ढुंगा प्रहारबाट एक जनाको मृत्यु

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा ढुंगा प्रहारबाट एक जनाको मृत्यु भएको छ । ६४ वर्षीय लक्षी चन्दको बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । उनी अवकाशप्राप्त शिक्षकसमेत हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार आपसी विवादमा महेश भण्डारीले चन्दको टाउकोमा ढुंगाले हानेका हुन् । ढुंगा प्रहरी भएपछि घाइते भएका चन्दको धनगढीमा उपचारका क्रममा मृत्यु भएको डीएसपी जोशीले बताए ।

बैतडीका भण्डारी बेलौरीमा आफन्तको घरमा आएका थिए । उनलाई नियन्त्रणमा लिएको डीएसपी जोशीले बताए ।


प्रकाशित : जेष्ठ ३, २०८१ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?