२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

पञ्जाबको सान्त्वना जित

काठमाडौँ — कप्तान साम कुरान ब्याट र बल दुवैबाट चम्केपछि पञ्जाब किंग्सले बुधबार राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गरेको छ । प्ले–अफ सम्भावनाबाट बाहिरिसकेको पञ्जाबका लागि यो सान्त्वना जित मात्रै रह्यो ।

पञ्जाबको सान्त्वना जित

जितका लागि १ सय ४५ रन पछ्याएको पञ्जाब सात बलको खेल बाँकी छँदै जितसम्म पुगेको थियो । कुरान ६३ रन बनाएर नटआउट रहे ।

राजस्थानका लागि भने रियान परागले ४८ रन बनाए । बलबाट सामले दुई विकेट लिए ।

हारका बाबजुद राजस्थान अझै दोस्रो स्थानमा छ र प्ले–अफ पुगिसकेको छ । तर यो नतिजाले उसको शीर्ष दुईको सम्भावनामा धक्का पुगेको छ । आफ्नो दोस्रो अन्तिम लिग खेलमा प्राप्त जितपछि पञ्जाब नवौं स्थानमा उक्लेको छ र उसको १० अंक भएको छ ।

प्रकाशित : जेष्ठ ३, २०८१ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?